अभिनेत्री प्रियंका कार्कीले अहिलेको समयमा देश र जनतालाई चुनाव नचाहिएको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारलाई अनुरोध गर्दै सरकारलाई अहिलेको देशको स्थिती आँखा खोलेर हेर्न आग्रह गरेकी छन् ।
उनले लेखेको छिन्,’अहिलेको नाजुक घडीमा ४० अर्ब चुनावमा खर्च गर्ने? देश र जनतालाई साँच्चै यही चाहिएको हो त यो समयमा? बुझ पचाएर बस्ने? अझै पनि आफूले आफूसँग नजर मिलाउन सक्छौँ ए सरकार? राति निन्द्रा रामो लाग्छ? तिम्रो देश जलिरहेको छ। जनताहरू मरिरहेका छन्। आक्रोश फैलिएको छ। त्रास छ। डर छ। अहिलेको समय र परिस्थितिको प्राथमिकता बुझ्नुस!’
उनले चुनावमा भोटको आस गर्ने सरकालाई भोट पाउने लायक काम गरेर देखाउन समेत अनुरोध गरेकी छिन्। ४० अर्ब चुनावको खर्च अक्सिजन, भेन्जिटेलर, भ्याक्सिन लगायतमा खर्च गर्नसमेत अनुरोध गरेकी छिन्।
‘जनता रहे त देश रहन नि होइन र? चुनाव त बिस्तारी समय परिस्थिति ठीक भएपछि गरौला नि! चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाउने लायक काम गरेर त देखाउनुस् पहिले।’
