Home स्वास्थ्य कोरोना खोप कसले लगाउनु हुँदैन ?

कोरोना खोप कसले लगाउनु हुँदैन ?

कोरोना विरुद्धको खोपले भाइरस, रोग वा सङ्क्रमणसँग लड्न शरीरलाई तयार गर्छ। यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्त्वको पहिचान गर्न सघाउँछ। चिकित्सकहरूका अनुसार केही अवस्थामा बाहेक सामान्यतया सबैले कोरोनाभाइरसको खोप लगाउनु हुन्छ। खोपमा भएका केही तत्त्वहरूप्रति एलर्जी छ भने खोप लगाउन नहुने चिकित्सकहरू बताउँछन्।

कोरोना खोप कसले लगाउनु हुँदैन:

-यो खोपको पहिलो मात्रा लिएपछि गम्भिर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएको व्यक्तिहरूले ।

-यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भिर एलर्जी (एनाफाइलेक्सिस्) प्रतिक्रिया भएको।

-गर्भवती महिलाहरूलाई ।

– कोभिड भएको छ र निको भएको छ भने आठ हप्तासम्म खोप लगाउन मिल्दैन।

यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read