Home स्वास्थ्य बुटवलको कोभिड अस्पताल : आइसियू कक्ष जलमग्‍न, नर्सको काम बाल्टीमा पानी उठाउँदै...

बुटवलको कोभिड अस्पताल : आइसियू कक्ष जलमग्‍न, नर्सको काम बाल्टीमा पानी उठाउँदै फाल्दै

बुटवल रामनगरस्थित अस्थायी कोभिड विशेष अस्पतालको आइसीयूकक्षमा पानी चुहिएको छ । तीन दिनदेखिको झरीका कारण आइसीयू कक्षमा पानी चुहिएको हो । आइसी यूकक्षमा पानी चुहिएर जलमग्न भएपछि नर्सहरूले बाल्टीमा उठाएर पानी फाल्ने गरेका छन् ।

पुराना भवनमा तयार गरिएको आइसी यूकक्षमा गत वर्ष पनि पानी चुहिएको थियो । एक नर्सका अनुसार यसपटक पानी धेरै चुहिएको र आइसीयूनै जलमग्न भएको छ ।

उनले भनिन्, ‘पानी चुहिएपछि बाल्टीले उठाउँदै फाल्दै बसेका छौँ । गतवर्ष पनि पानी पर्दा मर्मत गर्न भनिएको तर मर्मत नभएकाले बिरामीले समेत दुःख पाए । अहिले पनि उस्तै छ ।’

त्यहाँ अहिले १३ जना बिरामीले उपचार सेवा लि‍इरहेका छन् । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकले पुरानो भवन भएका कारण पानी चुहिएको बताए । भवन केही ठूलो भएका कारण बेड सारेर भए पनि अहिले काम चलाइएको उनको भनाइ छ । उनले पानी पर्न रोकिनासाथ व्यवस्थापन पक्षसँग कुरा गरेर मर्मत गरिने बताए । उनले भने, ‘धेरै पानी परेमा फलसिलिङ पनि झर्न सक्छ । नर्सले बाल्टीमा पानी उठाएर फालेका छन् ।’ उनले पानी रोकिने अवस्था नभएकोले विकल्पको खोजी गरिरहेको बताए ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read