Homeफिल्मसेलिब्रेटीगायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, ह्याम्स अस्पताल भर्ना

वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ।शरीरमा अक्सिजनको मात्रा कमी भएपछि श्रेष्ठलाई शुक्रबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।

उनी पछिल्लो समयदेखि ‘द भ्वाइस अफ नेपाल’ का कोचको रूपमा जोडिएका छन् । उनलाई सो मा महागुरु भनेर सम्बोधन गरिन्छ । द भ्वाइस अफ नेपालको आधिकारिक फेसबुक पेजमार्फत उनलाई कोरोना संक्रमण भएको बताइएको छ ।

“सधैं हामीलाई आत्मबल दिने संगीतका जिवन्त धरोहरलाई कोभिडसँग जुध्न सामान्य नै हुनेछ भन्नेमा हामीलाई विश्वास छ । उहाँको उपचारमा अहिलेसम्म खटिनु भएको चिकित्सक तथा नर्सलाई पनि धेरैधेरै धन्यवाद,” द भ्वाइस अफ नेपालको फेसबुकमा लेखिएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read