Home समाचार भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण : नर्सहरुको घाँटी थिचियो

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण : नर्सहरुको घाँटी थिचियो

बाँकेको नेपालगञ्‍जस्थित भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको बताइएको छ ।

अस्पतालका अनुसार गएराति करिब ८ बजेको समयमा भेन्टिलेटरमा उपचाररत दाङका ५४ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । गम्भीर अवस्थामा रहेका उनको स्वास्थ्यमा सुधार आउन नसकिरहेको अवस्थामा पनि चिकित्सकहरुले ज्यान बचाउने प्रयास गरिरहेका थिए ।

उनको मृत्युपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेका थिए र सो क्रममा केही चिकित्सकले झ्यालबाट तल्लो तलामा हाम फालेर ज्यान बचाएको र केहीलाई भने लखेटीलखेटी आक्रमण गरिएको थियो ।

उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाशबहादुर थापाको भनाइ छ । उनीहरुले पीपीई लगाएका नर्सहरुको घाँटी निचोर्ने, लात्ती प्रहार गर्ने लगायतका अमानवीय व्यवहार प्रदर्शन गरेको थापाले बताए ।

अस्पतालमा १५ जना बिरामि आइसियूमा उपचाररत रहेको र मध्यरातसम्म पनि वातावरण त्रसित भएकाले उनीहरुको उपचारमा खटिन कठिन भएको थापाको भनाई छ ।चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भएपनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

बिरामीको सेवामा निरन्तर खटिँदा समेत आफूहरुमाथि भौतिक आक्रमण भएको भन्दै चिकित्सकहरुले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काममा नखटिने बताएका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read