Home समाचार भोलीदेखी निषेधाज्ञामा झनै कडाई, खाद्य वस्तु चाहिए निम्न नम्बरमा कल गर्नुहोस्

भोलीदेखी निषेधाज्ञामा झनै कडाई, खाद्य वस्तु चाहिए निम्न नम्बरमा कल गर्नुहोस्

कोरोना संक्रमणको जोखिम बढेसँगै शुक्रवार (भोलि) देखि काठमाडौं उपत्यकामा थप कडाइ गर्न लागिएको छ ।

यसैक्रममा जिल्ला प्रशासन काठमाडौंले किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु समेत बन्द गर्न निर्देशन दिएको छ । यसैक्रममा हुनसक्ने खाद्य अभावलाई परिपूर्ती गर्न जिल्ला प्रशासन कार्यालय काठमााडौंले स्थानीय स्तरमा नै खाद्यन्न उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यसैक्रममा खाद्यान्न वस्तुको खरिद गर्नु परेमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका तर्फबाट मोबाइल गाडीको व्यवस्था गरेको छ । जसले स्थानीय स्तरमा नै खाद्यन्नको खरिद बिक्रीको व्यवस्था मिलाइएको जिप्रका काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिएका छन।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read