Home समाचार माधव, झलनाथ र भीम रावल सहित ११ नेता एमालेबाट निष्काशित, यी १२...

माधव, झलनाथ र भीम रावल सहित ११ नेता एमालेबाट निष्काशित, यी १२ जनालाई स्पष्टीकरण सोधियो

नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् ।  बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप इ १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

  • विरोध खतिवडा
  • जीवनराम श्रेष्ठ
  • घनश्याम भुसाल
  • सोमप्रसाद पाण्डे
  • कृष्णलाल महर्जन
  • झपट रावल
  • झलनाथ खनाल
  • भवानी प्रसाद खापुङ
  • यज्ञ सुनुवार
  • सुरेन्द्र पाण्डे
  • मेटमणि चौधरी
  • दिपक प्रकाश भट्ट
  • नारायण खतिवडा

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read