Home समाचार जसपाको महन्थ पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने

जसपाको महन्थ पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन सहमत भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने सहमति जुटेको जसपाका एक नेताको दाबी छ ।

मन्त्री हुने व्यक्तिको टुंगो लाग्ने बितिक्कै शपथ हुने ती नेताले जानकारी दिए । ओली सरकारलाई सहयोग गराउँदै आएको ठाकुर पक्ष नागरिकता विधेयक जारी, संविधान संशोधनका लागि कार्यदल बनेपछि सरकारमा जान तयार भएको बताइएको छ ।
अर्का अध्यक्ष उपेन्द्र यादव समूहले भने ओली सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइसकेको छ । आइतबार बसेको उपेन्द्र पक्षको कार्यकारिणी बैठकले त्यस्तो निर्णय गरेको हो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read