संसद् विघटनको विरोध स्वरुप राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोत्ने नेपाल विद्यार्थी संघका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । विरोध प्रदर्शनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिपति विद्यादेवी भण्डारीको तस्वीमार गोबर पोत्ने नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले मध्यबानेश्वरको पिपलबोटबाट पक्राउ गरेको हो ।
उनले त्रिपाठीले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ ।यता कांग्रेसको भातृ संगठन नेविसंघले पक्राउ गरिएका त्रिपाठीलाई निःसर्त रिहाइ गर्न माग गरेको छ ।