Home समाचार पार्टीको नाम र चुनाव चिन्ह सहित माधव नेपालपक्षीय युवाले दर्ता गरे नयाँ...

पार्टीको नाम र चुनाव चिन्ह सहित माधव नेपालपक्षीय युवाले दर्ता गरे नयाँ दल

सत्तारुढ नेकपा एमाले विभाजनको संघारमा रहेको बताइएका बेला निर्वाचन आयोगमा एमालेकै युवाहरूको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन परेको छ ।एमालेकै युवा नेता जीवन राई अध्यक्ष रहने गरी आयोगमा नेकपा (एकीकृत) नामको दल दर्ताका लागि निवेदन परेको आयोग स्रोतले जानकारी दियो ।

नयाँ दलको चुनाव चिह्न कलम प्रस्ताव गरिएको छ । प्रस्तावित दलको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।

स्रोतका अनुसार यी सबै एमाले वरिष्ठ नेता माधव नेपाल निकट युवाहरू हुन् ।स्मरण रहोस्, राष्ट्रिय सभा उपनिर्वाचनमा माधव नेपाल पक्षीय स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले कलम चिह्न लिएर नै चुनाव जितेका थिए ।

आयोगमा नेकपा (लोकतान्त्रिक) नामको अर्को दल दर्ताका लागि पनि निवेदन परेको छ । जसको चुनावचिह्न गोलाकारभित्र ५ कुने तारा प्रस्ताव गरिएको आयोग स्रोतले जानकारी दियो ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read