Home समाचार नेपालमा पछिल्ला तिन दिनमा कोरोना मुक्त हुनेको संख्या २२ हजार बढी

नेपालमा पछिल्ला तिन दिनमा कोरोना मुक्त हुनेको संख्या २२ हजार बढी

पछिल्ला तिन दिनमा कोरोना संक्रमित सँगै कोरोनामुक्त हुनेको संख्या पनि बढेको छ । नेपालमा पछिल्लो तिन दिनमा २२ हजार ४ सय २२ जना कोरोना मुक्त भएका छन् । यो संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ ।

यस्तै पछिल्ला तिन दिनमा नेपालमा ६ सय १३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । तिन दिनमा बुधबार सबैभन्दा धेरै २ सय ४६ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्यामा खासै कमी भने आएको छैन तिन दिनमा नेपालमा २५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल नेपालमा ४ लाख ५७ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read