Home समाचार ३९ जना सांसदको हस्ताक्षर दुबैतर्फ

३९ जना सांसदको हस्ताक्षर दुबैतर्फ

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पाँच बजेसम्म सरकार बनाउनका लागि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम दावी गर्न दिएको समय सकिनै लाग्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनले आ आफ्नो बहुमत रहेको दावी गर्दै सरकार बनाउने दावी पेश गरेका छन्।

प्रधानमन्त्री ओलीले एमालेका १२१ र जसपाका ३२ जनाको बहुमत रहेको भन्दै दावी गरेका छन्। उनले १५३ जनाको समर्थन रहेको दावी गर्दै आफूलाई प्रधानमन्त्रीका अगाडि सारेका छन्।

उता विपक्षीहरुले पनि आफूहरुसँग बहुमत रहेको भन्दै सरकार बनाउने दावी गरेका छन्। विपक्षीहरुले काँग्रेसको ६१, माओवादीको ४९, एमाले माधव समूहको २७ र जसपा उपेन्द्र समूहको १२ जना सांसदसहित १४९ जनाको समर्थन रहेको दावी गरेका छन्।

तर, यो प्रक्रियामा दुबैतर्फ ३९ जना सांसदहरुको समर्थन देखिएपछि अब राष्ट्रपतिले के गर्छिन् भन्ने चासो बढेको छ। जसपाका १२ र एमालेका २७ जनाको स्ताक्षर दुबैतर्फ देखिएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read