Homeअन्तर्राष्ट्रियकोरोना संक्रमणबाट निको हुनेको आँखाको ज्योति खोस्ने कालो ढुसी भारतमा महामारी घोषित

कोरोना संक्रमणबाट निको हुनेको आँखाको ज्योति खोस्ने कालो ढुसी भारतमा महामारी घोषित

कोरोनाभाइरस संक्रमणबाट निको भएकाहरुको आँखाको ज्योति खोस्ने र मृत्युसमेत गराउन सक्ने कालो ढुसी अर्थात म्युकरमाइकोसिस संक्रमणलाई भारतका ४ राज्यमा महामारी घोषणा गरिएको छ । केन्द्र सरकारले सबै राज्यलाई यस विषयमा अलर्ट जारी गरेको छ । केन्द्र सरकारले सबै राज्यलाई यो संक्रमणलाई महामारी ऐन अन्तर्गत ‘नोटेबल डिजिज’ घोषित गर्न भनेको छ । जसको अर्थ सबै राज्यले अब कालो ढुसीको संक्रमण, मृत्यु, उपचार र औषधिको हिसाब राख्नुपर्नेछ ।

राजस्थान, हरयाणा, तेलंगना र तमिलनाडुले यो संक्रमणलाई महामारी घोषित गरिसकेका छन् । दिल्लीमा पनि यसका संक्रमितको लागि छुट्टै केन्द्र बनाइएका छन् । अन्य राज्यमा पनि यसलाई महामारी घोषित गर्ने विषयमा गृहकार्य सुरु भइसकेको छ । स्वास्थ्य मन्त्रालयका ज्वाइन्ट सेक्रेटरी लव अग्रवालले कालो ढुसीका कारण कोभिड बिरामीको मृत्युको संख्या बढिरहेको बताउँदै यसलाई नयाँ चुनौती बनेको बताएका छन् ।

भारतमा यसको संक्रमण बढेको छ । राजस्थानमा ४ सय जना यसबाट संक्रमित भएका छन् । मध्यप्रदेशको भोपालमा २७ दिनमा यसबाट संक्रमित बिरामी २३९ जना भेटिइसकेका छन् । यीमध्ये १२९ जनाको शल्यक्रिया भइसकेको छ । पूरै मध्यप्रदेशमा ५८५ जना बिरामी भेटिएको बताइएको छ । यहाँ अझै यो संक्रमणलाई महामारी घोषित गरिएको छैन ।

दिल्लीमा कालो ढुसीका बिरामी ३ सयभन्दा धेरै भइसकेका छन् । एम्स अस्पतालमा मात्र ८० जना भर्ना भएका छन् । तीमध्ये ३० जनाको स्थिति गम्भीर भएको बताइएको छ । हरयाणामा १७७ बिरामी भेटिएका छन् । यो संक्रमणलाई सबैभन्दा पहिले हरयाणाले नै महामारी घोषित गरेको हो । छत्तीसगढमा पनि यसका स.क्रमितको संख्या सय पुग्न लागेको छ । यहाँ एम्समा ६९ बिरामी भर्ना भएकोमा १९ जनाको शल्यक्रिया भइसकेको छ । यहाँ यो संक्रमण महामारी घोषित भएको छैन ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read