दिपक मनाङ्गे गण्डकी प्रदेशकाे खेलकुद मन्त्रीमा दाेहाेरीए

0
261

गण्डकी प्रदेशको यूवा तथा खेलकुद मन्त्रालयमा राजिब गुरुङ (दिपक मनाङ्गे) दोहोरिएका छन ।प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बुधबार गरेको मन्त्री मण्डल विस्तारमा गुरूङलाइ यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी फेरी दिइएको हो । यस अघि उनी गत बैशाख १६ गते उक्त मन्त्रालयको कार्यभार सम्हालेका थिए । तर १० दिनमा नै उनकाे साे पद हटेकाे थियाे ।

मुख्यमन्त्री गुरुङले गरेको पाँच सदस्यिय मन्त्री मण्डलमा विस्तारमा किरण गुरुङले आर्थिक तथा मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पुनः प्राप्त गरेका छन । तिन जना मन्त्रीहरुले विना विभागिय मन्त्रीको रुपमा सपथ लिएका छन ।सपथ लिएका मन्त्रीहरुमा राम शरण बस्नेत, नरदेवी पुन मगर र विकास लम्साल रहेका छन । उनीहरु सबै पुरानै अनुहारका हुन । सपथ ग्रहण पछी कुरा गर्दै मन्त्री बस्नेतले केही मन्त्रालय थप गर्ने योजना रहेको बताए । यस अघि सात मन्त्रालय रहेको प्रदेशमा यूवा तथा खेलकुद मन्त्रालय थप गरी आठ वटा बनाइएको थियो ।

मनाङबाट निर्वाचित मनाङे भने आजको सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन । उनले सोमबार मात्रै सपथ लिने बताइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here