Homeसमाचारकोरोनाबाट आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको निधन

कोरोनाबाट आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको निधन

कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ डा पूज्यश्री कार्कीको निधन भएको छ । उनको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ । संघका अनुसार डा कार्कीको आइसीयूमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो।डा कार्की ललितपुरको किस्ट मेडिकल कलेजमा कार्यरत थिइन्।

संघले एक विज्ञप्ति जारी गर्दै देशले एक प्रतिष्ठित र कुशल नेत्ररोग विशेषज्ञ गुमाएको भन्दै दुख व्यक्त गरेको छ।नेपाल मेडिकल कलेजबाट एमबीएस गरेकी डा।कार्कीले धरानबाट एमडी गर्नुका साथै अमेरिकामा समेत अध्ययन गरेकी थिइन् । उनका पति प्रराब्ध सिजापती पनि डाक्टर नै हुन् । उनीहरुका दुई छोरा छन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read