Home अन्तर्राष्ट्रिय चीनको ७३ तले भवन अचानक हल्लिन थालेपछि

चीनको ७३ तले भवन अचानक हल्लिन थालेपछि

दक्षिणी चीनको सेन्जेन सहरस्थित एक गगनचुम्बी भवन अचानक हल्लिन थालेसँगै उक्त भवनमा मानिसहरुको उद्धार गरिएको छ ।स्थानीय प्रशासनका अनुसार मंगलबार साँझ यो घटना भएको थियो । ९८० फिट अग्लो एसईजी प्लाजा भवन हल्लिन थालेसँगै मानिसहरुको उद्धार गरिएको हो ।त्यतिबेला चीनमा कुनै भूकम्प पनि नगएकाले भवन हल्लिनुको कारणबारे अहिले अनुसन्धान भइरहेको छ । २० वर्ष पुरानो यो भवनमा धेरै कम्पनीका कार्यालयहरु छन् भने यसमा इलेक्ट्रोनिक्सको एक ठूलो बजार पनि लाग्ने गरेको छ ।

यो भवन चीनको सेन्जेन भवनको बीचमास्थित छ । करिब एक करोड २५ लाख जनसंख्या रहेको यो सहरमा यो भवन एक ठूलो सपिङ सेन्टरको रुपमा चिनिँदै आएको छ ।सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोमा मानिसहरु भवनभन्दा बाहिर निस्किएर दौडिरहेको देख्न सकिन्छ । मानिसहरुले भूकम्प नआउँदा नै भवन किन हल्लिएको हो भन्नेमा आशंका व्यक्त गरिरहेका छन् ।

चिनियाँ सरकारी समाचारपत्र द ग्लोबल टाइम्सका अनुसार मंगलबार दिउँसो साढे १२ बजेबाट उक्त भवन हल्लिन थालेको थियो । साढे २ बजेसम्म यो भवन खाली गराइएको थियो ।समाचारमा हताइए अनुसार हल्लिएको कारण भवनमा कुनै चिरा देखिएको छैन भने भवनमा अन्य कुनै क्षति पनि पुगेको छैन । एईजी प्लाजा चीनको १०४ औं अग्लो भवन हो ।

एजेन्सी

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read