Homeफिल्मबलिउडकंगना कोरोना संक्रमणमुक्त: तर भन्छिन , 'कसरी संक्रमणमुक्त भएँ, म बताउँदिन’

कंगना कोरोना संक्रमणमुक्त: तर भन्छिन , ‘कसरी संक्रमणमुक्त भएँ, म बताउँदिन’

बलिउड अभिनेत्री कंगना रनौत कोरोनालाई हराउन सफल भएकी छिन् ।उनले यो कुराको जानकारी आफ्नो इन्स्टाग्राम स्टोरीबाट दिएकी हुन् ।यद्यपि, उनले कोरोनासंगको युद्धको बारेमा जानकारी दिन मन लागेता पनि यस बारेमा केही पनि नबोल्ने बताएकी छिन् ।कंगनाले आफ्नो इन्स्टाग्रामबाट आफु मे ८ मा कोरोना पोजिटिभ भएको जानकारी दिएकी थिइन् ।त्यस बारेमा उनले इन्स्टाग्राममा एउटा पोस्ट गरेकी थिइन्, जसलाई इन्स्टाग्रामले पछि डिलिट गरिदिएको थियो ।

अहिले कंगना कोरोनामुक्त कसरी भएँ ? भन्ने बारेमा चाहेर पनि केही लेख्न सकिरहेकी छैनन् ।किनभने उनलाई कोभिड फ्यान क्लबलाई आहत नगर्नका लागि सावधान गरिएको छ ।जसकारण उनले उक्त कुरा आफ्ना प्रशंसकहरुसंग शेयर गर्न नसकेकी हुन् ।कंगना लेख्छिन् –‘भाइरसको अलिकति मात्र अपमान गऱ्यो भने त्यस्ता केही मानिसहरु छन्, जो वास्तवमै आहत हुन्छन् । त्यसो त तपाईंहरुको माया र शुभकामनाहरुका लागि धन्यवाद ।’

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read