Home फिल्म सेलिब्रेटी चर्चित स्टोरी टेलर युट्युबर साईग्रेसले अक्सिजन तथा बालबालिकाका लागि १ लाख सहयोग

चर्चित स्टोरी टेलर युट्युबर साईग्रेसले अक्सिजन तथा बालबालिकाका लागि १ लाख सहयोग

नेपाली चर्चित स्टोरी टेलर युट्युबर साईग्रेसले रु एक लाख सहयोग गरेका छन्। अक्सिजनका लागि महावीर पुनको नेशनल ईन्नोभेसन सेन्टरलाई ६० हजार तथा सडकमा रहेका सडक बालबालिकाको खानाको लागि उत्तम पौड्याललाई ४० हजार सहयोग गरेका छन्।

आफ्नो सामाजिक संजाल फेसबुकमा उनी लेख्छन,”अक्सिजनको निम्ती रु ६०,००० डा. महावीर पुन को Mahabir Pun Chairman of National Innovation Center लाई र रु ४०,००० सडकमा रहेका सडक नारायणहरुको खानाको निम्ती उत्तम पौड्यालजी लाई सेवा गर्ने सौभाग्य प्रदान गर्नु भएकोमा यहाँहरु सम्पुर्णमा नमन!
#saigrace ❤
आएर कैल्लै ऋतु सिद्धिदैन, दिएर माया मुटु रित्तिदैन! – अज्ञात ”

उनी भन्छन “मेरो युटुबबाट भएको आर्जनबाट १ लाख रुपैया यो माहामारीमा समस्या परेका नेपाली दाजुभाई दिदिबहिनीहरुको लागी! यहाहरुले नै दिनुभएको प्रेमरुपी अथाह महासागरबाट १ कचोरी प्रेम मेरो देशलाई नै!”

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read