पछिल्लो समय टिकटकमा भाईरल ‘फुर्के धागो किनिदिन्छु कपाल बाटौलि , मै गाउला गजल प्यारी तिमी नाचौली ‘ गीतका गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर तथा कम्पोजमा नयाँ गजल गीत ‘बोत्तल बोत्तल ‘ सार्वजनिक भएको छ। गीतमा शब्द विषम गौतमको रहेको छ भने राजन ईशानको एरेन्ज रहेको छ।
गीतको म्युजिक भिडियोमा चक्र बम, शृष्टी खड्का र सन्ध्या आचार्यलाई देख्न सकिन्छ। राजीव समरको निर्देशनमा बनेको म्युजिक भिडियो राम कुमार केसीले खिचेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। गीत मायालु ईण्टरटेण्ट्मेण्ट नामक युट्य़ुब च्यानलबाट सार्वजनिक भएको हो।