Home समाचार माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌रचनाको संकेत गरेका छन् ।सत्तारूढ नेकपा एमाले विवाद, आन्तरिक विग्रह एकीकरणउन्मुख हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनका लागि राय सुझाव मागेका छन् ।आइतबार उनले आफ्नो फेसबुक पेजमार्फत् आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत् पार्टी आन्दोलनको थप विकासका लागि कार्यकर्ता तथा आम नागरिकका तर्फबाट पनि राय–सुझाव मागिएको छ ।

“हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपांग एवं सहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयाँ ढंगले अगाडि बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ । आफ्नो राय सल्लाह सुझाव पार्टीको इमेल ठेगानामा पठाउनुहुन अनुरोध छ,” अध्यक्ष प्रचण्डले भनेका छन् ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read