Home समाचार संक्रमण दर ८ प्रतिशत घट्यो

संक्रमण दर ८ प्रतिशत घट्यो

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ। तीमध्ये एक हजार ९६९ जनाको मृत्यु बितेको डेढ महिनामा भएको हो। कोरोनाको दोस्रो लहर सुरु भएपछि मृत्युदर निकै बढेको छ। अघिल्लो वर्ष बढीजसो ६० वर्षमाथिकाको मृत्यु भएकोमा यसपटक भने युवा तथा बालबालिकाले पनि ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ३७.०५ प्रतिशत रहेको छ। त्यस अवधिमा परीक्षण भएका १९ हजार ८ सय ८३ नमुनामध्ये ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एक साताअघिको तुलनामा संक्रमणदर ८ प्रतिशतले घटेको छ।नागरिक दैनिकमा खबर छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read