Home समाचार ‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्रीले लिएको सपथ बदर गराउन सर्वोच्चमा रिट

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्रीले लिएको सपथ बदर गराउन सर्वोच्चमा रिट

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको सपथ बदर गरउन भन्दै सर्वोच्चमा दुई वटा रिट परेको छ । प्रधानमन्त्री ओलीले लिएको सपथ असंवैधानिक भएको भन्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले रिट दर्ता गराउनु भएको हो ।

अधिवक्ता भण्डारीले रित नपुगेकोले सपथ बदर गराउनु पर्ने कारण रिटमा उल्लेख गर्नुभएको बताइएको छ । उता अधिवक्ता ज्ञवालीको भने रिट दर्ता भइसकेको छैन ।

शुक्रबार प्रधानमन्त्री ओलीले शपथ ग्रहणका क्रममा राष्ट्रपति भण्डारीले भनेका केही वाक्य उच्चारण गर्न इन्कार  गर्नुभएको थियो । त्यसक्रममा ओलीले त्यो पर्दैन भनेर राष्ट्रपतिलाई जवाफ दिनुभएको थियो । त्यसक्रममा राष्ट्रपति हाँस्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले सपथका क्रममा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भन्दा प्रधानमन्त्रीले प्रतिज्ञा गर्छु कि’ भन्ने शब्दलाई त्यो पर्दैन भन्नु भएको थियो ।

प्रधानमन्त्रीको सपथलाई दिएर सामाजिक संजालमा व्यापक आलोचनासमेत भएको थियो ।

उता कानूनविदहरूले संविधानमा जे छ त्यही शब्दमा सपथ लिनुपर्ने बताउछन् । राष्ट्रपतिले हाँसेर र प्रधानमन्त्रीले पूरा वाक्यांश उच्चारण नगरेर संविधानको धज्जी उडाएको कानुनबिदहरु बताउछन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read