Home समाचार कोरोना नियन्त्रणबारे प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायी र चिकित्सा क्षेत्रका विज्ञसँग छलफल गर्दै

कोरोना नियन्त्रणबारे प्रधानमन्त्री ओलीले उद्योगी, व्यवसायी र चिकित्सा क्षेत्रका विज्ञसँग छलफल गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना र यसको प्रभावबारे आर्थिक र स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरूसँग छलफल गर्दै छन् ।

कोरोनाको दोस्रो भेरियन्ट सक्रिय भएपछि र यसले विपत्ति नै निम्त्याएपछि प्रधानमन्त्री ओलीले पहिलोपल्ट चिकित्सा क्षेत्रका विज्ञ र उद्योगी, व्यवसायीहरूसँग छलफल गर्न लागेका हुन् । अहिले अपराह्न ४ बजेबाट बालुवाटारमा छलफल सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

“स्वास्थ्य क्षेत्रका, महामारीसँग सम्बन्धित विज्ञहरू, निजी क्षेत्रसँग छलफल गर्न लागिएको हो । ती सबैसँग सुझाव पनि लिने र सरकारले चालेका कदमहरू प्रभावकारी छन् कि छैनन्, अथवा के कस्ता कदम बढ्ता प्रभावकारी हुनसक्छन् भनेर राय–सुझाव लिने ध्येयले बैठक बोलाइएको हो,” प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले बताए ।

सरकार बजेट निर्माणमा चटारिएका बेला कोरोनालक्षित आर्थिक पुनरूत्थानको प्याकेज के हुनसक्छ भनेर पनि छलफल हुने बताइएको छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read