Homeसमाचारसिभिल अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

सिभिल अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

काठमाडौंको मीनभवनस्थित निजामति कर्मचारी (सिभिल) अस्पताल कोभिड अस्पतालमा रुपान्तरण गरिएको छ।

१५० शय्यको अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गरिएको हो। बागमती प्रदेश सरकारअन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंसँग भएको सम्झौता अनुसार अस्पताललाई कोभिडका बिरामीको उपचारका लागि रुपान्तरण गरिएको हो।

यसका लागि बागमती प्रदेश सरकारले अस्पताललाई २ करोड २४ लाख ५० हजार रुपैयाँ अनुदान दिनेछ। अस्पतालले यो रकम  औषधि, उपकरण, भवन, जनशक्ति लगायतको व्यवस्थामा खर्च गर्ने जनाइएको छ।

सम्झौताअनुसार अस्पतालले बिरामीको दैनिक अवस्थालाई विश्लेषण गरेर स्वास्थ्य कार्यालय काठमाडौंमा दैनिक रुपमा नै प्रतिवेदन पेस गर्ने छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read