Home समाचार आजको मौसम कस्तो छ?

आजको मौसम कस्तो छ?

देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण बदली हुने देखिएको हो ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

शनिबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहेने छ। प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना मौसमविदले बताएका छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read