Home समाचार पल्स अक्सीमीटर किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

पल्स अक्सीमीटर किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

रगतमा अक्सिजनको स्तर मापन गर्ने मनिटर अर्थात डिभाइसलाई पल्स अक्सीमिटरको नामले चिनिन्छ ।कोरोना कालमा अक्सीमिटर आज हरेक घरको आवश्यकता बनेको छ ।कोरोनाको सामना गरिरहेका त्यस्ता विरामी, जो होम आइसोलेशनमा रहेर आफ्नो उपचार गरिरहेका छन्, उनीहरुका लागि पल्स अक्सीमिटर अति नै सहयोगी प्रमाणित भएको छ ।

विशेषज्ञका अनुसार कोरोनाका कारण फोक्सोमा संक्रमण हुनाले अक्सिजनको स्तर यदि ९० भन्दा कम भयो भने चिकित्सकको सल्लाह आवश्यक हुन्छ ।

अक्सीमीटरले अक्सिजनको स्तरमा ध्यान दिइन्छ र रिडिङ कम हुँदा डाक्टरसंग तुरुन्त सल्लाह लिन सकिन्छ ।आकारमा धेरै सानो देखिने यो यन्त्र दुई प्रकारको हुन्छ ।

जुन निम्न प्रकारका छन् :

१.फिङ्गर टिप पल्स अक्सीमीटर

२.ह्यान्डहेल्ड र फेटल पल्स अक्सीमीटर

घरमा फिङ्गर टिप अक्सीमीटरको प्रयोग गरिन्छ । ह्यान्डहेल्ड र फेटल पल्स अक्सीमीटरको प्रयोग हस्पिटल र क्लिनिकहरुमा गरिन्छ ।जब तपाईं अक्सीमीटर किन्नु हुन्छ, यी कुराहरुमा ध्यान दिन आवश्यक छ :

यसलाई किन्दा तीन चरा वटा मशीनमा औंला छिराएर एक्यूरेसी जाँच गर्नु पर्छ । जसको रिडिङ राम्रो हुन्छ, त्यही किन्नु पर्छ ।यदि तपाईं अनलाइनबाट किन्दै हुनु हुन्छ भने सम्बन्धित मशीनको रिव्यूज राम्रोसंग पढेर मात्र अर्डर गर्नु पर्छ ।एफडीए,आरओ एच एस र सी ई जस्ता सर्टिफाइड डिभाइस खरिद गर्नु राम्रो हुन्छ, किनभने यसको गुण र स्तरमा भरोसा गर्न सकिन्छ ।डिस्प्ले चम्किलो र स्पष्ट हुनु पर्छ । कुनै अक्सीमीटरको डिस्प्ले चारै तिर घुमाउन सकिन्छ ।केही कम्पनीहरुले वाटर रेजिस्टेन्ट डिभाइसहरु पनि उपलब्ध गराइरहेका छन् ।ब्लू टूथ फीचर्स पनि उपलब्ध छन् । जसलाई आफ्नो आवश्यकता अनुसार खरीद गर्न सक्नु हुन्छ ।मशीनसंगै आएको डोरीलाई त्यसमा हालेर नै प्रयोग गर्नु पर्छ । प्रयोगपछि तुरुन्त त्यसको बक्समा राख्नु पर्छ । यसो गर्दा मेशीन सुरक्षित रहन्छ ।यदि मशीन धेरै उपयोगमा आएको छ भने ६ महिनामा ब्याट्री परिवर्तन गर्नु पर्छ ।

उपयोग कसरी गर्ने ?
कम्तिमा १० मिनेट आराम गरेपछि नै अक्सीमीटरको स्तर मापन गर्नु पर्छ ।अक्सिजनको स्तर मापन गर्दा सीधा बसेर हत्केलालाई मुटुको उचाईमा राखेर इन्डेक्स फिंगर माथिल्लो भागमा अक्सीमीटर लगाउनु पर्छ ।रिडिङ सेन्सर तपाईंको नङबाट छालामा हुनु पर्छ ।रिडिङ हुँदा शान्त बस्नु पर्छ, हिंडडुल गर्नु हुँदैन ।शुरुवाती रिडिङपछि जुन रिडिङ आउँछ, त्यसलाई नै फाइनल सम्झनु पर्छ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read