Homeसमाचारनिषेधाज्ञाका समयमा बिहे भोज चलाउने बेहुला पक्राउ

निषेधाज्ञाका समयमा बिहे भोज चलाउने बेहुला पक्राउ

सोमबार बिहे गरेका दुई जनाले आज एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको छ । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।

जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०\४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए । प्रहरीले सबै भागेपछि दुई बेहुलालाई समातेर आवश्यक कारवाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी बिहेभोज गरेको पाइएपछि दुवै बेहुलालाई नियन्त्रणमा लिइएको बताए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read