Home समाचार ओलीलाई परास्त गरिछाड्ने भीम रावलको दाबी ,सांसदबाट राजीनामा दिने घोषणा

ओलीलाई परास्त गरिछाड्ने भीम रावलको दाबी ,सांसदबाट राजीनामा दिने घोषणा

नेकपा (एमाले) का नेता भीम रावलले आफू सामूहिक राजीनामा दिनुपर्ने पक्षमा उभिएको बताएका छन् । पार्टीभित्रको विवादका कारण माधव नेपाल समूहका सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेका छन् । यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिएका थिए । तर, उनले उनी विश्वासको मत लिन असफल भएका थिए । उनको पक्षमा जम्मा ९३ मत खसेको थियो भने विपक्षमा १२४ मत खसेको थियो । जसपाको महन्थ ठाकुर पक्षधर सांसदहरु भने तटस्थ बसेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन राति तीन दिनको समयसिमा दिएर धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छिन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि पहल लिएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादवको साथ लिएर देउवा सरकार गठनको अन्तिम गृहकार्यमा जुटेका छन् । सकेसम्म जसपाको सिंगो साथ लिएर अघि बढ्न चाहेका देउवा अन्तिममा ठाकुर पक्षले सघाउन खासै रुचि नदेखाएपछि यादव पक्षको मात्रै साथ लिएर भएपनि अघि बढ्ने मुडमा पुगेका छन् ।

देउवालाई जसपाको बहुमत सांसदको सहयोग रहने विश्वास गरिएको छ । त्यतिमात्रै होईन, एमालेको माधव नेपाल पक्षले पनि देउवालाई नयाँ सरकार गठनको लागि सघाउने वचन दिएको छ । हिजोमात्रै वरिष्ठ नेता नेपाल र भीम रावलले देउवासँग भेटवार्ता गरेका थिए । उनीहरुले सरकार गठनको लागि सघाउने भन्दै २० जना सांसदले राजीनामा दिने वचन दिएका छन् । नेपाल पक्षले राजीनामा दिने तयारी भैसकेको विश्वस्त स्रोतको दाबी छ । कम्तिमा पनि २० जना प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिन लागेको र जुन संख्या देउवालाई नयाँ सरकार गठनको लागि पर्याप्त हो । कतिसम्म भने नेपाल पक्षका सबै सांसदहरुले राजीनामा दिने पत्रमा हस्ताक्षर गरेर नेता नेपाललाई बुझाईसकेका छन् । नेपालले जुनसुकै बेलापनि सार्वजनिक गर्नसक्ने एक सांसदले जनाए ।

उता, भीम रावलले पनि आफू सामूहिक राजीनामाको पक्षमा रहेको बताउँछन् । उनले अब आफूहरु अध्यक्ष ओलीसँग सम्झौता गर्ने पक्षमा नरहेको भन्दै तत्काल सामूहिक राजीनामा दिएर एउटा निकास दिने विश्वास दिलाएका छन् । उनले ओलीलाई परास्त गर्नुको विकल्प नभएको पनि टिप्पणी गरेका छन् । ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा रावलले भने–‘केपी ओलीलाई परास्त गर्नुपर्छ । उहाँले संविधान र उपलब्धि नै समाप्त पार्ने षड्यन्त्र गर्नुभएको छ । अब हामी यत्तिकै बसेर हुँदैन् । मेरो मत त सामूहिक राजीनामा नै हो । हामी तयारी अवस्थामा छौं ।

उनले ह्वीप उल्लंघन गरेबापत ओलीबाट कारबाही भोग्नु र सम्झौता गर्नुभन्दा सामूहिक राजीनामा दिएर एउटा बाटो तय गर्नुपर्ने सुझाव दिएको स्मरण गराए । उनले भने,‘मैले त राजीनामा दिनु राम्रो हुन्छ भनिसकेको छु । म सामूहिक राजीनामाको पक्षमा छु । ओलीको निरंशुकता रोक्न पनि यो कदम उपयुक्त हो । ओलीले संविधान र प्रणली ध्वस्त पार्ने काम गरे । त्यसैले राजीनामा दिनु निकास हो । मेरो यही मत छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read