Home समाचार मातृऔंसी : कसरी हेर्ने आमाको मुख

मातृऔंसी : कसरी हेर्ने आमाको मुख

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्न दिन। धेरै नेपालीले आमालाई विशेष रूपमा माया र हेरचाह गरेर यो पर्व मनाइरहेका छन्। आमा नभएकाहरूले बिहानै स्नान गरी आमा सम्झिए भने आमा भएकाहरूले विशेष प्रकारले सम्मान गरिरहेका छन्। यो दिन काठमाडौंको मातातीर्थमा विशेष मेला लाग्छ। अचेल सामाजिक सञ्जालमा फोटो राखेर माया प्रकट गर्ने चलन बढेको छ।

पितृको पर्व हो औंसी

संस्कृतिविद् तथा पुरोहित विनोद राजोपाध्यायका अनुसार आमा नहुनेहरूले भने तर्पण, पिण्डदान आदि गरेर मातृ औंसी मनाउने चलन छ। ओंसीलाई पर्वकाल भनिन्छ। औंसी दिवंगतको सम्झनामा मनाइने पर्व हो। शोकलाई शक्तिमा बदल्नु नै यो पर्वको मुख्य उद्देश्य रहेको उनले बताए।

आमा नभएका व्यक्तिले औंसीका तीर्थको कुण्डमा हेर्दा अनुहार देखिने जनविश्वास छ। दिवंगत पितृले सन्तानलाई आशीर्वाद दिने जनविश्वास छ। अहिले आएर यो पर्व मातृशोकमा परेकाले मात्र नभई आमा भएकाले पनि मनाउन थालेका छन्। जिउँदो रहुन्जेल सेवा, रेखदेख र माया गर्नु सनातनीहरूको प्रचलन छ।

नेवारी संस्कृतिबाट प्रचलित

आमाको मुख हेर्न चलन नेवार समुदायबाट फैलिएको राजोपाध्यायले बताए। बिहानै  पितृलाई सम्झेर स्नान गर्ने, नजिकको तीर्थ स्थलमा जाने, सिदा दान गर्ने चलन नेवारी समुदायमा पनि छ। नेवार समुदायमा आफ्ना छोरीहरूलाई ‘जिउँदो पितृ’ मानिन्छ। उनीहरूलाई सन्तुष्ट पारेर खान दिनसके पितृ खुसी हुने जनविश्वास छ। छोरीलाई खुसी पार्नसके दिवंगत आमा पनि खुसी हुने विश्वास रहेको राजोपाध्यायले बताए।

कसरी मनाउने?

आमा नहुनेले बिहानै तीर्थ वा नजिकको खोलामा गएर नुहाउनुपर्छ। त्यसपछि तिल, जौ र शुद्ध जलले तर्पण गर्नुपर्छ। पितृलाई तपर्ण गर्नुको अर्थ पितृलाई पानी खुवाउनु हो। हामी जीवत मानवको एक वर्ष दिवंगत पितृहरूको एक दिन बराबर हुन्छ। यस कारण पनि तर्पण दिनुपर्ने उनी बताउँछन्।

मातातीर्थको किंवदन्ती

श्रीराम ,स्तुति गरे। उनले ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वच’ भन्ने मन्त्र जप गरी जमिनमा वाण प्रहार गर्दा  कुण्ड  बन्यो।  त्यहाँ माता सीताले सारा ब्रह्माण्डको दर्शन पाइन्। सीताको रूप ढुंगामा कोरिन पुग्यो।  घना जंगलमा गाई चराउन आएका गोठाला उक्त कुण्ड नजिकै बसेर खाजा खान थाले। अचम्म भे यभो भने उनीहरूले खाइरहेको खाज मुखमा नपरी कुण्डमा जान्थ्यो। कुण्डमा के रहेछ भनेर हेर्दा उनीहरूले त्यहाँ सीताको दर्शन पाए।  घर फर्कन नमानी गोठालाहरू त्यहीं बस्ने निर्णयमा पुगे। अनि उनीहरूले आमालाई पनि सँगै बस्न आग्रह गरे। तर सीता माताले मानिन्। उनले दर्शन गर्ने भए वैशाख औंसीको दिन आउनू भनेर त्यहाँबाट अलप भएकी थिइन्। त्यसपछि उक्त ठाँउको नाम मातातीर्थ रहन गएको विश्वास छ।

भड्किलो बन्दै पर्व

पछिल्लो सममा माृतऔंसी भड्किलो बन्दै गएको राजोपाध्याय बताउँछन्। मातृशोक बिर्साउन यो पराम्परा थालनी भएको हो। तर महँगा गिफ्ट र भद्दा जमघटले यो दिनको मौलिकता बिलाएको छ। वर्षभरि आमाको वास्ता नहुने एक दिन देखाउने तडकभडकले विकृति ल्याएको उनी बताउँछन्। आमाको मुख त हेरिन्छ तर साथसाथै फेसबुक र इन्स्टाग्राममा त्योभन्दा बढी देख्न पाइन्छ। उनले भने, ‘माया दर्शाउनु ठीक हो तर सधैं त्यसरी सद्भाव कायम गर्न सक्छौं?’

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read