कमेडी च्याम्पियनका आगामी एपिसोड स्थगित

0
258

कोभिड-१९ का कारण सिर्जना भएको  स्थितिका कारण कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड हालका लागि स्थगित गरिएको छ।

सामाजिक संजाल फेसबुक पेजमा जानकारी गराउदै अहिलेलाई नयाँ एपिसोडको छायांकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं भन्दै कमेडी च्याम्पियन टिमले आगामी एपिसोड स्थगित गरिएको जानकारी गराएको हो। यस्तो विषम परिस्थितिमा सुरक्षित बसौँ , आफ्नो र आफन्तको ख्याल गरौँ भन्दै आग्रह समेत गरेको छ।

कमेडी च्याम्पियनकै एक प्रतियोगिलाई पनि यो भन्दा अगाडी कोरोना पोजेटिभ देखीएको थियो।

पहिलो सिजनको सर्वाधिक चर्चा पछि टिमले दोस्रो सिजन ल्याएको हो। दोस्रो सिजनमा पनि कार्यक्रमको उत्तिकै चर्चा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here