Home फिल्म सेलिब्रेटी हेप्पी बर्थडे सुहाना!

हेप्पी बर्थडे सुहाना!

चलचित्र ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुहाना थापा आजबाट २३ बर्षमा प्रवेश गरेकी छिन् । बुवा सुनिल थापा र आमा झरना थापाको साथमा नायिका सुहाना थापाले आफ्नो जन्मदिन अमेरिकामा सेलिब्रेशन गरेकी छिन् ।

सुहाना आमा झरना थापा र पिता सुनिलकुमार थापाको साथमा केही दिन अगाडि मात्र अमेरिका उडेकी थिइन् । अमेरिका पुगेपछि उनले सुनिल र झरनाको साथमा जन्मदिन मनाएकी हुन।

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकनका लागि केही महिना अगाडि मात्र सुहाना नेपाल आएकी थिइन् । यो चलचित्रको ३ चरणमा छायांकन गरिएको थियो । चलचित्रको छायांकन सकिएपनि कोभिडका कारण भदौ १८ गते यो चलचित्र रिलिज हुन्छ या हुँदैन, पक्का छैन ।

चलचित्र ‘ए मेरो हजुर ३’मा काम गरेपछि दर्शकको मन जितेकी सुहानाको माग चलचित्र क्षेत्रमा उच्च छ । तर, सुहानाले भने तत्काल आफ्नो घरको चलचित्र भन्दा बाहिरको ब्यानरमा काम गर्ने सोच बनाएकी छैनन् । आफू आफ्नै घरको चलचित्रबाट निखारिएपछि मात्र बाहिरी ब्यानरको चलचित्रमा काम गर्ने सोच राखेको सुहाना बताउँछिन् ।

भगवान् कृष्णको भक्त समेत रहेकी सुहाना अध्ययनका क्रममा लामो समयदेखि अमेरिकामा रहँदै आएकी छिन् । तर, चलचित्रमा काम गर्न थालेपछि भने उनी धेरै समय नेपालमै बस्ने गर्छिन् ।

२३ औं बर्षमा प्रवेश गरेकी नायिका सुहानालाई जन्मदिनको शुभकामना।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read