Home समाचार सामूहिक राजीनामा दिने तयारी गरेको माधव नेपाल पक्षका सांसद को को?

सामूहिक राजीनामा दिने तयारी गरेको माधव नेपाल पक्षका सांसद को को?

प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि सहमत नभएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद अन्ततः सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन्।

त्यसका लागि आज बैठक बसेर अन्तिम निर्णय गरिने जानकारी हुनेछ।जानकारी अनुसार नेपाल पक्षमा २२ प्रत्यक्ष र १२ सामानुपातिक गरेर ३४ सांसद छन्।

ती यसप्रकार छन् :

प्रत्यक्ष
झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रसाद भट्ट, भवानीप्रसाद खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, मेठमणि चौधरी, झपट रावल, यज्ञराज सुनुवार र राजबहादुर बुढा

समानुपातिक

समानुपातिकतर्फ रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण, कल्याणी खड्कालगायत १२ जना छन्।

यी सांसद नेपाल पक्षमा रहेको दाबी गरिएको छ। तर यीमध्ये कसकसले राजीनामा दिने भन्ने विषय टुंगो लाग्न बाँकी छ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read