Home अर्थ सर्वसाधारणको लागि तीन लघुवित्तले आईपीओ निष्कासन गर्दै, कसको कति ?

सर्वसाधारणको लागि तीन लघुवित्तले आईपीओ निष्कासन गर्दै, कसको कति ?

आईपीओमा लगानीकर्ताको आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले आईपीओ निष्कासन गर्ने भएका छन् । जाल्पा सामादायिक लघुवित्त, जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले आईपीओ निष्कासन गर्ने भएका हुन् ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था

मनकामना स्मार्ट लघुवितत्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जीवन विकास लघुवित्त वित्तीय संस्था

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ आईपीओ निष्कासन गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था

जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read