Homeसमाचारप्रदिप भट्टराईको सकारात्मक समाचार अभियान

प्रदिप भट्टराईको सकारात्मक समाचार अभियान

पछिल्लो समय विश्व कोरोना महामारीले आक्रान्त भैरहेको अवस्थामा नेपालमा पनि कोरोना संक्रमण निकै नै फैलादो अवस्थामा छ। सामाजिक संजाल लगाएत विभिन्न मिडियाहरुमा दिनहु जसो बढिरहेका कोरोना संक्रमितको संख्या, मृत्यु हुनेको संख्याबारे पोस्ट गर्ने , श्रद्धान्जली दिने होडबाजी नै चलेको छ। लाईक र कमेण्टका लागि कारुणिक फोटोहरु पोस्ट गर्नेहरु धेरै भेटिन्छन।

नेपालको अवस्था हेर्ने हो भने अहिले पनि कोभिडका ८५ % संक्रमित घरमै बसेर निको भएका छन। १५ % लाई अस्पत्तालको सुबिधा आवश्यक देखिएको छ भने ५% लाई आईसियुको आवश्यकता परेको छ। मृत्युदर १ % मात्र छ। तर संक्रमितको मनोबल बढाउने खालका यस्ता समाचार कमैले मात्रै शेयर गर्छन। यस्तै संक्रमितको मनोबल बढोस, जनतामा सुखद र राम्रा समाचार प्रवाह होस् भन्ने हेतुले नेपाली चलचित्र निर्देशक तथा कमेडी च्याम्पियनका निर्णायक प्रदिप भट्टराईले सुखद समाचार शेयर गर्ने अभियान चलाएका छन्।

उनका पाछिल्ला ४-५ दिनका फेसबुक पोस्टमा सुखद समाचार भनेर संक्रमित मात्र नभएर आम जनमानसमा मनोबल बढाउने खालका समाचार शेयर भैरहेका छन्। विभिन्न ठाउँहरुमा आईसोलेशन तयार हुदै गरेको, अक्सिजनको तयारि, खोप आयात , एम्बुलेन्सको तयारि लागएतका सुखद समाचार उनको न्युज फ़िडमा देख्न सकिन्छ।

हुन त पछिल्लो समयमा उनि लगाएत अन्य केहि व्यक्तिहरुले पनि सुखद समाचार शेयर गर्ने अभियान चलाईरहेका छन्। संक्रमित तथा मृत्य संख्याको ठाउँमा निको भएर डिस्चार्ज भएका हरुको संख्या शेयर गरेर मनोबल बढाईरहेका छन्।

केहि दिन अघि “सरकारी अस्पताल जानुस ज्यान घर आउदैन,निजी अस्पताल जानुस आउदा घर रहदैन” भन्ने पोस्ट सामाजिक संजालमा निकै भाइरल भयो। वाक्यमा भनिएका कतिपय कुरामा सत्यता होला तर यस्तो सनक्रमणकालिन अवस्थामा आफ्नो ज्यानको बाजी लगाएर सरकारी अस्पत्तालहरुमा सेवा दिइरहेका स्वास्थ्यकर्मीमा भने यसले मनोबल गिराउने काम गर्दछ। यसै बिषयलाई नकारात्मकताको पराकाष्ठा भन्दै स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन स्वास्थ्यकर्मी रमेश कुवर लेख्छन , ” नकारात्मकताको पराकाष्ठा”सरकारि अस्पताल जानुस ज्यान घर आउदैन ” भनेर लेखिरहदा वा share गर्दा हात काम्दैन ..? कसरी सक्नुहुन्छ यस्तो लेख्न Share गर्न , अलिकति पनि भावना छैन….? चेतना छैन….? यहि हो , महामारीमा नागरिकको कर्तव्य …? तपाईंको यो सन्देशले सरकारी अस्पतालमा दिनरात नभनी आफ्नो ज्यानको माया नगरी, परिवार बाट टाढा रहि , कैयौ घन्टा भोकै रहि , दुधे बालकलाई घरमा छोडी कोरोना ब्यवस्थापनमा लागिरहेका स्वास्थकर्मिलाई कस्तो लाग्दो होला …? सोच्नु भएको छ ….?खुसी मानौ , कम्तीमा सरकारी अस्पतालले आत्मसर्पण गरेका छैन्न , निजि अस्पतालले झै दर रेट निकालेका छैन्न , हामी सक्दैनौ भनेर बिज्ञप्ती निकालेका छैन्न । जे छ त्यसैलाई सदुपयोग गरिरहेका छन । जति छ त्यस्मै रमाइलो गर्दै सेवा गरिरहेका छन । आफ्नो क्षमताले सक्दो प्रयास गरिरहेका छन । सकिन्छ भने मनोबल बढाउने काम गरौ । त्यतिपनी सकिँदैन भने चुप बसौ ।सरकारि अस्पतालका केही कमिकमजोरी होलान ,सकरात्मक तवरले दवाद दिउँ ।”

सकारात्मक होस् या नकारात्मक सत्य तथ्य समाचार जो कोहीलाई लेख्न र शेयर गर्न छुट छ। तर यस्तो विषम परिस्थितिमा सकारात्मक मनोबल बढाउनका लागि राम्रा र सुखद समाचार अलिक बढि सम्प्रेषण र शेयर हुन जरुरि छ। फेरी सकारात्मक समाचार मात्र सम्प्रेषण गरौ भन्दै गर्दा मान्छेहरुमा डर हटेर झन् हेलच्याक्र्याई बढ्न भने सम्भावना हुन्छ। सचेत रहन सुरक्षित रहन खबरदारी भने गरिरहन जरुरि छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read