Home फिल्म बलिउड कति पारिश्रमिक लिन्छन् ‘इण्डियन आइडल’का निर्णायक ?

कति पारिश्रमिक लिन्छन् ‘इण्डियन आइडल’का निर्णायक ?

भारतीय टेलिभिजन गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ वर्तमान समयमा टेलिभिजनको सफल रियालिटी शो मानिन्छ ।

यो शोले दर्शकमाझ एआर रहमान, जया प्रदा, आनन्दजी, जितेन्द्र, एकता कपूर, धर्मेन्द्र, हेमा मालिनी, रेखा र नीतू कपूरलगायतका सेलिब्रेटी उपस्थित गराइसकेको छ ।

आजतकमा प्रकाशित समाचारअनुसार शोका प्रतिष्पर्धीहरु अरुणिता काञ्जीलाल, पवनदीप राजन, सवाई भट्टलगायतले आफ्नो सुरिलो र भावपूर्ण स्वरले कैयौंलाई प्रभावित बनाएका छन् ।शोका सञ्चालक आदित्यनारायण झा हुन् । शोमा नेहा कक्कड विशाल र हिमेश रेशमिया निर्णायक छन् ।

यी निर्णायकको पारिश्रमिकको कुरा गर्ने हो भने नेहाले प्रति एपिसोड सर्वाधिक पारिश्रमिक लिन्छिन् । उनी एक एपिसोड वापत ५ लाख रुपैंयाँ लिन्छिन् ।
त्यस्तै विशाल ददलानी प्रति एपिसोड साढे चार लाख पारिश्रमिक लिन्छन् ।

त्यस्तै हिमेश रेशमिया एक एपिसोडबापत ४ लाख रुपैंयाँ बुझ्छन् । शोका सञ्चालक आदित्य प्रति एपिसोड २ दशमलब ५ लाख रुपैंयाँ लिन्छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read