कोरोनाभाइरस संक्रमण वृद्धि भएसँगै ४५ भन्दा बढी जिल्लामा निषेधाज्ञा लागु गरिएको छ। संक्रमित बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र आंशिक निषेधाज्ञा जारी गरिरहेका छन्।कोरोना देखिएका ठाउँमा जिल्ला प्रशासन कार्यालयले नै निषेधाज्ञा लगाउन सक्छन्।
पहाडी भेगमा दुई सय र काठमाडौं उपत्यकासहित मधेशका क्षेत्रमा पाँच सय बढी संक्रमित भेटिएपछि निषेधाज्ञा लगाउन सकिन्छ।
महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ, वैतडी, नुवाकोट, धनुषामा निषेधाज्ञा लगाइएको छ।