Homeसमाचारउपत्यकामा निषेधाज्ञा थप्ने निर्णय, यस्ता छन् अन्य थप निर्णय

उपत्यकामा निषेधाज्ञा थप्ने निर्णय, यस्ता छन् अन्य थप निर्णय

काठमाडौंमा उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थपिएको छ ।मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदैछ ।यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।उनका अनुसार पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिनेछ ।बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिनेछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read