Home समाचार ‘ओपन सिक्रेट’ शृङ्खलाको प्रेम!

‘ओपन सिक्रेट’ शृङ्खलाको प्रेम!

पुर्व मिस नेपालहरुको भिडमा शृङ्खला खतिवडा छुट्टै हट केक हुन्। शृङ्खला बिभिन्न कारणले चर्चामा छाइरहने गर्छिन् । समाजसेवादेखि प्रेमसम्म उनको चर्चाको विषय बन्ने गरेको छ ।

भ्लगर सिसन बानियाँसँगको उनको प्रेम मिडियादेखि सामाजिक सञ्जालसम्म नलुकेकै विषय हो । युट्युब देखि फेसबुक तथा ईन्स्टाग्रामको स्टोरिहरुमा उनीहरु एकदमै नजिक रहेको बुझ्न सकिने भिडियोहरु आईएरहेका हुन्छन तर दुवैले सार्वजनिक रुपमा भने अहिलेसम्म प्रेम स्वीकारेको छैनन् । बेलाबेलामा रियालिटी शोमा समेत चर्चाको बिषय बन्ने उनीहरुको प्रेमलाई धेरैले ओपन–सेक्रेट भन्ने गरेका छन् । जसलाई शृङ्खलाले समेत स्वीकार गरेकी छन् ।

केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा अतिथिको रुपमा पुगेकी उनले सो कार्यक्रममा पनि प्रेमको विषय ओपन सेक्रेट नै राखिरहेको बताएकी छन्। कार्यक्रममा उनलाई सिसनसँगको प्रेमबारे प्रश्न समेत सोधियो । जवाफ भने उनले भनिन् ‘समय आएपछि भन्छु । यो विषय अहिले ओपन सेक्रेट नै राखिरहेको छु ।’

प्रेमबिना जीवन खल्लो हुने समेत कार्यक्रममा बताएकी उनले विवाहको बारेमा भने केही बोलिनन् ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read