Homeसमाचारभोलिदेखि उपत्यकामा थप कडाइ गरिने

भोलिदेखि उपत्यकामा थप कडाइ गरिने

भोलि (आइतबार) देखि निषेधाज्ञा थप कडाइ गरिने भएको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाइ गर्ने काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ) पराजुलीले बताए।

शनिबार निषेधाज्ञा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्न सिडिओ पराजुली सडकमा निस्किएका थिए । अनुगमनमा उनीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यका साथमा पराजुली अनुगमनमा निस्केका हुन्।

निषेधाज्ञाको अनुगमनमा अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किन सिडिओ पराजुलीले आग्रह गरेका छन् । उनका अनुसार कसैले अटेरी गरेको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने निर्देशन दिइएको छ ।

तर, सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पराजुलीले बताएका छन्। अनुगमनमा निस्केको टोलीले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएकाले खाली भवनहरूको खोजी समेत गरेको उनले बताए ।

कोरोना महामारी तीव्र रुपमा फैलिएपछि उपत्यकाका तीन वटै जिल्लामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको थियो। अनुगमनमा निषेधाज्ञा प्रभावकारी रहेको निश्कर्ष निकाल्दै टोलीले आइतबारबाट निषेधाज्ञालाई थप कडा पार्ने अनुगमनको निष्कर्ष निकालेको छ।

साथै, भोलिदेखि थप कडा गर्ने विचार गरेको भन्दै पराजुलीले सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेको जानकारी दिए।

यस्तै टोलीले कोराना संक्रमितको उपचारका लागि थप बेड तयार पार्न अस्पतालहरूको पनि अवलोकन गरेको छ। वीर अस्पतालको पाँच सय शैय्याको नयाँ अस्पताल भवनको अवलोकन गरिएको छ। यस्तै काठमाडौंमा निजी क्षेत्रले चलाएको गोर्खा अस्पतालमा पनि कोभिड वार्ड बनाउनका लागि अवलोकन गरेको सिडिओ पराजुलीले बताए।
अस्पतालहरुमा कोभिडका बिरामीको अत्यधिक चाप परेको र बेड मिलाइदिन भन्दै फोन आउने गरेका कारण बेड थप गर्नका लागि अनुगमन गरेको उनले जानकारी दिए। सामाखुसीमा रहेको राधा स्वामीमा तत्काल कोभिड वार्ड बनाउने योजना पराजुलीले बताए।

त्यहाँ अक्सिजन सहितको ८८ बेड, आइसोलेशन सहितको ९६ बेड तयार भइरहेको छ। यता, क्षेत्रपाटीमा बन्द अवस्थामा रहेको गोर्खा अस्पताललाई पनि महानगरपालिकाको संयोजकत्वमा कोभिड उपचारका लागि सञ्चालनमा ल्याइने राजुलीले जानकारी दिए। यसबारेमा स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको उनले बताए।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read