अस्पतालबाट डिस्चार्ज भएपछि मदनकृष्णको सन्देश

0
291

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठ आठ दिनपछि डिस्चार्ज भएका छन् । शुक्रबार राति करिब १० बजेतिर सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो राखेर श्रेष्ठले आफू आठ दिनपछि मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको बताएका हुन् ।

“आज आठ दिनपछि मेडिसिटी अस्पतालबाट उपचारपछि डिस्चार्ज भएर आएको छु । खुसी लागिरहेको छ । तर, यो दुखको घडी हो । यो संसारको प्रलय हो । यो बेला सबैलाई माया गरौँ,” उनले भनेका छन्, “शरीर फलामजस्तो लाग्थ्यो । पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । शरीर त हावा रहेछ । त्यसैले यो बेलामा राजनीतिक इख पाखेर आफ्नो मनलाई फोहोर नबनाऔँ । बिन्ती छ । सबैले सबैको राम्रो र भलाइ सोचौँ । एकले अर्कालाई वैमन्यश्यता पालेर केही फाइदा छैन । मनमा राक्षसपन पलाउनु मात्र रहेछ ।”

कोरोनाले धेरै कमजोर बनाउने भएकाले हेलचक्र्याई नगर्न पनि उनले आग्रह गरेका छन् ।आफ्नो परिवारले छिमेकीबाट धेरै माया पाएकाले आफू भाग्यमानी रहेको समेत उनले बताएका छन् । उनले मास्कलाई कुनै पनि हालतमा नछोड्न आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here