Homeसमाचारपूर्वरानी कोमलको अवस्था गम्भीर, श्वासप्रश्वासमा समस्या आएपछि आईसीयूमा भर्ना

पूर्वरानी कोमलको अवस्था गम्भीर, श्वासप्रश्वासमा समस्या आएपछि आईसीयूमा भर्ना

कोरोना भाइरसबाट संक्रमित बनेपछि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्व राधानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ ।

भारतको हरिद्वारमा लागेको कुम्भ मेलाबाट फर्किएपछि पूर्व राजा ज्ञानेन्द्र शाहसँगै कोमललाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार अवस्था गम्भीर बनेपछि उनलाई आईसीयूमा अक्सिजन दिइएको छ । अहिले उनलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइने गरिएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read