Home फिल्म बलिउड सलमान खानको राधे घरमै बसेर हेर्न सकिने !

सलमान खानको राधे घरमै बसेर हेर्न सकिने !

अभिनेता सलमान खानको चलचित्र ‘राधेः योर द मोस्ट वान्टेड भाइ’ यही इद (मे १३) मा रिलिज हुँदैछ । सलमानले आफ्नो वाचा पूरा गर्दै चलचित्र कोरोना कहरकाबी रिलिज गर्न लागेका हुन् ।

चलचित्र भारतमा पहिलोपटक हाइब्रिड रिलिज हुन लागेको हो । अर्थात हल र डिजिटल प्लेटफर्म दुवैमा एकैपटक चलचित्र रिलिज हुने छ ।

यो चलचित्र ४० देशका हलमा एकैपटक रिलिज हुँदैछ भने डिजिटल प्लेटफर्म जिप्लेक्समा प्रति भिउज २४९ भारुमा हेर्न सकिन्छ । हरेक पटक राधे हेर्न दर्शकले २४९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । चलचित्रको फर्सट डे फर्सट सो हेर्नका लागि दर्शकले केही दिनमा बुकिङ गर्न पाउने छन् ।

चलचित्रमा सलमान खानका साथै दिशा पटानी, रणदीप हुड्डा, ज्याकी श्राफ मुख्य भूमिकामा छन् ।


 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read