Homeसमाचारह्वाट्सएपमा नयाँ फिचर आउँदै, २४ घण्टामा मेसेज आफैं डिलिट हुने

ह्वाट्सएपमा नयाँ फिचर आउँदै, २४ घण्टामा मेसेज आफैं डिलिट हुने

इन्स्ट्यान्ट मेसेजिङ एप फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि लगातार नयाँ–नयाँ फिचर ल्याइरहेको छ । केही समय पहिले ह्वाट्सएपले एउटा फिचर ल्याएको थियो जसअनुसार ह्वाट्सएपमा पठाइएका मेसेज ७ दिनभित्र आफैं डिलिट हुन्छन् । उक्त फिचरको नाम Disappearing Messages हो ।

अर्को मेसेजिंग एप टेलिग्रामकै सिको गर्दै ह्वाट्सएपले उक्त फिचर पेश गरेको थियो । मेसेज आफैं हराउने समय सीमालाई यसअघि ७ दिन कायम गरिएकोमा ह्वाट्सएपले त्यस्तो समयलाई १ दिनमा झार्ने भएको हो ।

समाचार अनुसार Disappearing Messages फिचरमा ह्वाट्सएपले छिटै नै २४ घण्टाको विकल्प पनि थप गर्दैछ । तत् पश्चात् उक्त विकल्प छनोट गर्ने ह्वाट्सएप प्रयोगकर्ताका पठाएका तथा प्राप्त भएका मेसेजहरु २४ घण्टामा आफैं डिलिट हुनेछन् ।

WeBetaInfo को रिपोर्ट अनुसार ह्वाट्सएपको नयाँ संस्करणमा सो Disapperaing Messages  फिचरलाई थप गरिएको छ । हाल एपको आइओएस भर्सनमा उक्त फिचरको परीक्षण भैरहेको छ । जसमा ह्वाट्सएप मेसेज २४ घण्टामा आफै हराउँछन् ।

२४ घण्टे फिचरसँगै यसअघिको ७ दिने फिचर पनि कायम रहने बताइएको छ । अर्थात् प्रयोगकर्ताले एक दिन वा ७ दिनमा मेसेज आफैं डिलिट हुने फिचर आफुखुसी छान्न पाउनेछन् । त्यसक्रममा प्रयोगकर्ताले डिलिट हुने मेसेजका स्क्रिनशट लिएर सुरक्षित राख्न सक्नेछन् ।

सातदिने फिचर पर्सनल च्याट तथा ग्रुप च्याट दुबैमा लागू भएकोमा एक दिने फिचर ग्रुप च्याटमा लागू हुन्छ वा हुँदैन भन्ने टुंगो नभएको बताइएको छ ।

ह्वाट्सएपले आइओएस प्लाटफर्ममा एक महिनादेखि परीक्षण गरिरहेको उक्त फिचर निकट भविष्यमा एन्ड्रोइड लगायतका हरेक प्लाटफर्ममा उपलब्ध हुने बताइएको छ ।

–एजेन्सीको सहयोगमा

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read