Home म्युजिक भिडियो सांगीतिक यात्रामा पूर्णविराम लगाउँदै नितेशजंग कुँवर!

सांगीतिक यात्रामा पूर्णविराम लगाउँदै नितेशजंग कुँवर!

करिब दुई हप्ताअघि मात्रै ‘फ्रस्टु’ गीत सार्वजनिक गरेका गायक नितेशजंग कुँवरले आफ्नो सांगीतिक यात्रा यहीँ थाती राख्ने निर्णय लिएका छन् । आइतबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी गराएका हुन् ।

नितेश लेखेका छन्, “मलाई विश्वास छ कि मेरो नेपाली संगीत यात्रा निष्कर्षमा पुगेको छ । म तपाईंहरु सबैलाई यो अद्भूत रोलरकोस्टर सवारीका लागि धन्यवाद दिन चाहन्छु ।”

उनले विभिन्न ठाउँमा कन्सर्ट दिइरहेको चारवटा फोटो पनि सँगै सेयर गरेका छन् । यसका साथै अन्तिममा उनले #चेन्ज लेखेका छन् । यद्यपि, उनले यसको कारण भने खुलाएका छैनन् ।

उनी पछिल्लो पुस्ताका युवाबीच लोकप्रिय गायक हुन् । उनका ‘फ्रल्र्टी माया’, ‘आश्मा’, ‘हार्टी माया’लगायत गीत चर्चित छन् ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read