Homeसमाचारयी २५ सहरका शिक्षण संस्था बन्द

यी २५ सहरका शिक्षण संस्था बन्द

देशभरका २५ सहरमा वैशाख महिनाभर विद्यालय, कलेजलगायत शिक्षण संस्था बन्द गर्ने सरकारले निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका १४ जिल्लाका विभिन्न सहरका विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । वैशाख मसान्तपछि अवस्था हेरेर सरकारले थप निर्णय लिने उनले प्रस्ट्याए ।

सरकारले काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै स्थानीय तह, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर, भीमदत्तनगरमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले यी सहरमा वैशाख मसान्तसम्म शैक्षिक संस्था, विद्यालय, तालिम केन्द्र, ट्युसन सेन्टर बन्द गर्ने निर्णय गरिएको बताए । अब भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । शिक्षामन्त्री श्रेष्ठले पनि विद्यालय बन्द रहे पनि वैकिल्पक तरिकाबाट कक्षा सञ्चालन गर्न आग्रह गरेका छन् । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी), स्वास्थ्य मन्त्रालय, संसदीय समिति, मानवअधिकार आयोगलगायतका निकायले विद्यालय बन्द गरेर अनलाइनलगायत वैकिल्पक माध्यमबाट पठनपाठन गराउन सरकारलाई सुझाव दिएका थिए ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read