Home समाचार चन्द्रागिरि हिल्स १८ करोड नोक्सानमा, सेयर मूल्यमा भारी गिरावट

चन्द्रागिरि हिल्स १८ करोड नोक्सानमा, सेयर मूल्यमा भारी गिरावट

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी २ करोड १८ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो । एक वर्षको अवधिमा कम्पनीको नोक्सान १५ करोड ९३ लाख रुपैयाँ बढेको हो । विश्वव्यापि फैलिएको कोरोना भाइरसको कारण व्यापारमा असर गरेको कम्पनीले जनाएको छ ।

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । यसअवधिमा कम्पनी २ करोड ८१ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १४ करोड २१ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

यता, गत वर्ष १ करोड ४८ लाख ७० हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यस वर्ष २१ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । जगेडा कोष भने ३२ करोड ८ लाख ३८ हजार रुपैयाँ ऋणात्मक छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीद्धारा सञ्चालित केबलकारमा औसतमा दैनिक १४ सय जना आगन्तुक र रिसोर्टमा औसत अक्युपेन्सी ४०% रहेको जनाएको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ७९ पैसा ०९ रुपैयाँ छ ।

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read