Home समाचार दराजमा स्पिकर अर्डर गर्दा भयो महिलाको ‘ब्रा’ डेलिभर

दराजमा स्पिकर अर्डर गर्दा भयो महिलाको ‘ब्रा’ डेलिभर

नेपाली ईकमर्स कम्पनी दराजले स्पिकर अर्डर गर्दा महिलाको भित्री बस्त्र (ब्रा) डेलिभर गरेको छ । दराज मोबाइल एपबाट स्पिकर अर्डर गर्दा ग्लोबल मुन कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक कृष्ण आचार्यले  ब्रा पाएका हुन् ।

आचार्यले बुधबार दराज एपमार्फत फेनटेक गेमिङ स्पिकर एक हजार ६६ रुपैयाँमा अर्डर गरेका थिए । तर, दराजले उनलाई महिलाले लगाउने इनभिजिबल पुसअप ब्रा डेलिभर गर्‍याे ।डेलिभर ब्वाइलाई त्यो आफ्नो सामान नभएकाले फिर्ता लग्न आग्रह गर्दा डेलिभर ब्वाइले समेत आचार्यका लागि कम्पनीले सोही सामान पठाएको बताएका थिए त्यसपछि दराजको वेबसाइटमा नम्बर नपाएपछि कम्पनीको फेसबुक पेजमार्फत म्यासेज गर्दा पनि प्रतिक्रिया नपाएको बताएका थिए।आचार्यले दराजबाट यसअघि पनि सामान अर्डर गर्ने गरेको बताए । यसअघि पनि सामान अर्डर गर्दा सामान नपाएपछि एक महिना लगाएर रिफण्ड पाएको पनि बताए।उनको पर्चेज कोड २०२२१४२२७१५२०९८ रहेको छ।
यस विषयमा दराजसँग कुरा गर्दा कम्पनीले पर्चेज कोडमाथि अनुसन्धान गर्ने जानकारी दिएको उन्ले बताएका थिए।साथै कम्पनीले सेवालाई लिएर कुनै गुनासो भएको खण्डमा एपभित्रै रहेको च्याटबटबाट कम्पनीसँग सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।दराजले गलत सामान डेलिभर गरेको बारे उन्ले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए । तर अहिले भने उन्ले आफ्नो पुरानो पोस्ट डिलिट गर्दै अर्को स्टाटस लेखेका छन ।

उन्को पछिल्लो स्टाटस यस्तो छ : दराज अनलाइनले हार्दिकता पुर्बक गल्ती स्वीकार गरि पोस्ट डिलिट गर्न लगाएको अनुरोधलाई सुनुवाई गरिएको छ।    

यस्को मतलब उन्को उल्टो डेलिभरी सम्बन्धि दराजले आफ्नो गल्ती स्वीकार गरि उन्को अघिल्लो पोस्ट डिलिट गर्न लगाएको छ।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read