रुरु जलविद्युत परियोजनाले सर्बसाधारणलाई निष्काशन गरेको दोस्रो चरणको आईपिओ ( IPO ) आज शुक्रबार बाँडफाँड भएको छ।
रुरु जलुविद्युत परियोजनाको आइपीओमा २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार अन्तिम दिन मंगलबारसम्ममा १६ लाख ६९ हजार ५६६ जनाले आवेदन दिएका थिए जुन माग भन्दा करिब ६२ गुणा बढी हो।
रुरु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।
विगतका आईपीओहरुको नतिजा सजिलै हेर्न पाइन्थ्यो । विभिन्न अनलाईन पोर्टलहरुले नतिजा प्रदान गर्ने गरेका थिए । तर महिला लघुवित्तको आईपीओदेखि सिडीएससीले चार ठाँउबाट मात्र नतिजा हेर्न पाइने व्यवस्था गरेको छ ।
सर्वसाधारणले मेराे शेयर https://meroshare.cdsc.com.np/#/login , सिडीएससीकाे नयाँ वेबसाइट https://iporesult.cdsc.com.np/, कम्पनीकाे वेबसाइट http://ruruhydro.com/ipo-relatedर बिक्री प्रबन्धककाे वेबसाइट https://nmbcl.com.np/shareallotmentमा नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नको निम्ती केही समय भने कुर्नुपर्ने भएको छ । बिक्री प्रबन्धकले आईपीओ वितरण सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेपछि यी चार माध्यमबाट नतिजा हेर्न सकिने जनाइएको छ ।