Homeम्युजिक भिडियोअल्मोडाको कहिले भेट्ने खै ३ मा खगेन्द्र र बर्षा

अल्मोडाको कहिले भेट्ने खै ३ मा खगेन्द्र र बर्षा

आज भन्दा करिब ४ बर्ष अघि अल्मोडाको आफ्नै युट्युब च्यानलबाट ‘कहिले भेट्ने खै ‘ को लिरिकल भिडियो सार्वजनिक भयो। बिछोडिएका प्रेमी प्रेमिकाहरुको कथा बोकेर तयार पारिएको गीतको लिरिकल भर्सनले नै श्रोताको मन जित्यो। गीतमा स्वर संग संगै शब्द र संगीत पनि अल्मोडा राना उप्रेती कै थियो।

प्रत्येक श्रोताको ओठमा गीत झुण्डिएपछि लिरिकल भिडियो तयार गरेको १ बर्ष पछि कहिले भेट्ने खै को अफिसियल भिडियो बन्यो। सरोज र आश्मा सहित कार्टुन क्रुजका अन्य डान्सर कलाकार सहित तयार पारिएको भिडियो पनि औधी रुचाईयो। भिडियो कार्टुन क्रुजको युट्युब च्यानलबाट आएको थियो।

कहिले भेट्ने खै तयार भएको करिब ३ बर्ष पछि फेरी कहिले भेट्ने खै -२ ‘न्यास्रो ‘ रिलोज भयो। यसमा पनि शब्द ,स्वर, संगीत र एरेन्ज अल्मोडा कै थियो। भिडियोमा भने नाजिर हुसेन, शिल्पा मास्के र बिकाश लामिछानेको अभिनय रहेको थियो। मनोज बस्नेतको कन्सेप्ट तथा निर्देशनमा तयार भएको भिडियो एट के एभेरेस्ट मोसन पिक्चर्स बाट रिलिज भएको थियो। यो गीतलाई अनि भिडियोलाई पनि औधी रुचाईएको थियो।

कहिले भेट्ने खै -२ ‘न्यास्रो’ रिलिज भएको करिब १ बर्ष पछि अल्मोडा फेरी कहिले भेट्ने खै -३ ‘ थोपा थपा ‘ लिएर आएका छन्। उनकै शब्द ,स्वर, संगीत र एरेन्जमा तयार भएको यो गीतमा खगेन्द्र लामिछाने र बर्षा शिवाकोटीको अभिनय रहेको छ। रंगमंच अनि चलचित्र क्षेत्रमा निकै नै अब्बल खगेन्द्र म्युजिक भिडियोमा भने पहिलो पटक देखिएका हुन्। भिडियोलाई रंगीत बल्लभ उप्रेतीले निर्देशन गरेका छन्। गीत एट के एभेरेस्ट मोसन पिक्चर्स बाटै रिलिज भएको हो।

कहिले भेट्ने खै को सिक्योल कहिले भेट्ने खै-२ ‘न्यास्रो’ ले राम्रो प्रतिक्रिया पाएको थियो। हेरौ यसको तेस्रो सिक्योलले कस्तो प्रतिक्रिया पाउने हो।

 

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read