रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओ आगामी शुक्रवार (बैशाख ३ गते) बाँडफाँड हुने भएको छ । कम्पनीले चैत्र २० गतेबाट चैत्र २४ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरेको आईपीओ यसै साता बाँडफाँड हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले अहिले तथ्यांक प्रमाणीकरणको काम गरिरहेको जनाएको छ ।
प्रमाणिकरणपछि प्रि-अलटमेन्ट गरी धितोपत्र बोर्डको स्वीकृति पश्चात शुक्रवार आईपीओ बाँडफाँड गरिने क्यापिटलको भनाइ छ ।कम्पनीको आईपीओमा सर्वसाधारणबाट १६ लाख ६९ हजार १९ वटा आवेदन परेको छ ।यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ६१.६५ गुणा बढी हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ ३७ हजार ९१६ जनाले मात्र पाउनेछन् भने कुन आवेदकको करिब ९८ प्रतिशतको हात खाली हुने देखिएको छ ।
साधारण शेयरमा सर्वसाधारणबाट माग भएको (३ लाख ७९ हजार १६७ कित्ता) तुलनामा ६१.६९ गुणा बढी अर्थात २ करोड ३३ लाख ९० हजार ९० कित्ता खरीदको लागि आवेदन परेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको थियो ।